सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फ र समानुपातिक तर्फका उमेदवारको नाम टुंगो लगाएको छ । कांग्रेसको परिपत्रअनुसार जिल्लाले प्रदेशमा मंसिर २६ गतेसम्म र प्रदेशले केन्द्रमा २८ गतेसम्म उमेदवारहरुको नाम टुंगो लगाएर पठाइसक्नुपर्ने थियो । तर, कर्णाली प्रदेशले भने जिल्लाबाट सिफारिस भएर आएका प्रस्तावित उमेदवारहरूको नाम मंगलबार (पुस १) मात्रै केन्द्रमा पठाएको छ ।
कांग्रेस कर्णाली प्रदेशका उपसभापति कालीबहादुर सहकारीले जिल्लाबाट सिफारिस भएर आएका सबै प्रस्तावित नाम केन्द्रमा पठाएको बताए ।
कर्णाली प्रदेशमा प्रतिनिधिसभातर्फ १२ वटा निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई/दुई निर्वाचन क्षेत्र रहेका छन् भने हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालीकोट, सल्यान, जाजरकोट, रुकुम पश्चिममा एक/एक निर्वाचन क्षेत्र रहेका छन् ।
सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डोल्पाबाट कर्णबहादुर बुढाको एकल नाम सिफारिस भएको छ ।
यस्तो छ कर्णाली कांग्रेसले प्रतिनिधिसभातर्फ सिफारिस गरेको प्रस्तावित उमेदवारको नामावली
जाजरकोट
प्रत्यक्षतर्फ : खड्गबहादुर बुढा, मैना कार्की रावल, मुक्तिप्रसाद आचार्य, महेन्द्रबहादुर शाह, रामजंग शाह ।
समानुपातिकतर्फ : जनकबहादुर नेपाली बादी, भूमिलाल रोकाया (जनजाति), हजारी नेपाली बादी, रामछायाकुमारी शाही, विष्णु गिरी ।
सल्यान
प्रत्यक्षतर्फ : केशबहादुर विष्ट, एकराज डाँगी, सन्तोष केसी, मानबहादुर डाँगी, दिपेन्द्रकुमार खत्री, सुरेश चन्द ।
समानुपातिकतर्फ : चक्रबहादुर देवकोटा, प्रेमबहादुर डाँगी, वीरबहादुर सेजुवाल, गणेश चन्द, ध्रुवबहादुर मल्ल, सीता गिरी, विष्णुकुमारी शर्मा, सुभद्रा बस्नेत, चक्रबहादुर परियार ।
दैलेख क्षेत्र नं. १
प्रत्यक्षतर्फ : खेमराज ओली, खेमराज केसी, गणेशप्रसाद उपाध्याय, देवेन्द्रबहादुर थापा, नगेन्द्रबहादुर मल्ल, नरसिहं मल्ल, पदमबहादुर मल्ल, बखतबहादुर कटुवाल, भुपेन्द्र शाही, मणिराम रेग्मी, मनोज कुमार थापा, शुशील देउजा, बासना थापा ।
समानुपातिकतर्फ : निर्मलाकुमारी खड्का थापा, मीनाकुमारी थापा, मोहनमाया प्याकुरेल (महिला), गणेशकुमार श्रेष्ठ, दुर्गाकुमारी श्रेष्ठ, कुलबहादुर विक, दिपक सोनी, गणेशबहादुर बोगटी ।
दैलेख क्षेत्र नं. २
प्रत्यक्षतर्फ : एकेन्द्रबहादुर पन्त, दिक्पालकुमार शाही, नारायणप्रसाद रेग्मी, मधुरविक्रम खनाल, रञ्जनाकुमारी शाही, लोकेशप्रसाद आचार्य, सीताकुमारी राना ।
समानुपातिकतर्फ : जानकीकुमारी विष्ट, पूर्णबहादुर थापा, भगवतीप्रसाद रेग्मी, लीलाराम उपाध्याय, शेरबहादुर शाही, सूर्य विक ।
सुर्खेत क्षेत्र नं.२
प्रत्यक्षतर्फ : उपेन्द्रबहादुर थापा, कलमबहादुर खत्री, नारायणकुमार कोइराला, भीष्मराज हमाल, हृदयराम थानी, बसन्तीकुमारी बस्नेत ।
समानुपातिकतर्फ : गंगा नेपाली, पार्वतीकुमारी गिरी, भगे कामी, धना विष्ट, भीमबहादुर शाही नेपाली ।
सुर्खेत क्षेत्र नं. १
समानुपातिकतर्फ : नगरबहादुर सुनार, मीमा मल्ल
जुम्ला
प्रत्यक्षतर्फ : कर्णबहादुर शाही, कान्तिका सेजुवाल, पूर्णप्रसाद आचार्य, खड्कबहादुर सेजुवाल ।
समानुपातिकतर्फ : दीनबन्धु श्रेष्ठ, लक्ष्मीप्रसाद आचार्य, धनबहादुर बस्नेत, जयहरी आचार्य, पुरीचन्द्र देवकोटा उपाध्याय, गोविन्द शाही, परेकलाल घर्ती, लालबहादुर जिसी, माया सार्की, नेत्रकला शाही, गोरखबहादुर सुनार, नविना केसी बडुवाल, रन्जव अलब मनिहर, कर्णजंग हमाल, रामकृष्ण न्यौपाने ।
डोल्पा
समानुपातिकतर्फ : टंकप्रसाद उपाध्याय, जयकुमारी शाही, रमादेवी न्यौपाने ।
मुगु
प्रत्यक्षतर्फ : ऐनबहादुर शाही ठकुरी, खड्गबहादुर शाही, रमाइली रावत
समानुपातिकतर्फ : मीन भाम, भीम तिरुवा, कशरकला मल्ल ।
कालीकोट
प्रत्यक्षतर्फ : भुपेन्द्रजंग शाही, अम्मबहादुर शाही, सीता रावल ।
समानुपातिकतर्फ : कालीबहादुर सहकारी, सुशिला शाही बम, मानबहादुर नेपाली ।
हुम्ला
प्रत्यक्षतर्फ : जीवनबहादुर शाही, जयमति रोकाया, रिता शाही ।
समानुपातिकतर्फ : बहादुर लामा, ताराबहादुर लामा, रम्भा शाही ।
रुकुमपश्चिम
प्रत्यक्षतर्फ : प्रेम प्रकाश ओली, गोपालजीजंग शाह, लेखमाया केसी ।
समानुपातिकतर्फ : मानबहादुर नेपाली, मनिषा रोकाया भण्डारी ।
