राजनीति
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको नेतृत्व चयनका लागि आज (मंगलबार) साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका थियो । तर, हालसम्म पनि मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।
मतदानका लागि तोकिएको समयअघि नै प्रतिनिधिहरू लाइनमा बसेका थिए । तर, लाइनमा बसेका प्रतिनिधिहरूलाई हलमा बोलाइएको छ ।
एमाले निर्वाचन आयोगले प्राविधिक तयारी नपुगेको भन्दै मतदानमा ढिलाइ भएको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १, २०८२ २०:१७
प्रतिक्रिया दिनुहोस्