site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले महाधिवेशनमा अझै सुरु भएन मतदान, आयोगले भन्यो- प्राविधिक तयारी पुगेन

काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु हुन ढिलाई भइरहेको छ ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार आज (मंगलबार) साँझ ७ बजेदेखि मतदान सुरु हुनुपर्ने थियो । तर, त्यसको १ घण्टा बितिसक्दा पनि मतदान सुरु भएको छैन ।

एमालेको निर्वाचन आयोगले भने प्राविधिक तयारी नपुगेकाले मतदानमा ढिलाई भएको जनाएको छ। यद्यपि, प्रतिनिधिहरू भने नेतृत्व चयनका लागि मतदान गर्न लाइनमा बसिसकेका छन् ।

जारी महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्षका लागि चुनावी मैदानमा छन् । ओली र पोखरेल दुवैले छुट्टाछुट्टै प्यानल बनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्