site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको समानुपातिक उमेदवार छनोट टाइमलाइन सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवार छनोट टाइमलाइन सार्वजनिक गरेको छ ।

जसअन्तर्गत पुस ३ गते प्रारम्भिक उमेदवारको नामावली प्रकाशन गर्ने रास्वपाले जनाएको छ । पुस ३ र ४ गते प्रारम्भिक उमेदवारउपर दाबी-विरोधका लागि समय तोकिएको रास्वपाको उमेदवार छनौट समिति संयोजक विपिन कुमार आचार्यले जानकारी दिए ।

यस्तै रास्वपाले पुस ६ देखि ११ गतेसम्म लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटीको मापन गर्ने कार्यतालिका तोकेको छ । पुस १२ देखि १३ गतेसम्म प्रारम्भिक निर्वाचन गर्ने र १४ गते नतिजा प्रकाशन गर्ने रास्वपाले जनाएको छ ।

मंसिर २५ गते बसेको पार्टी सचिवालय बैठकले एकीकरण प्रक्रियाबाट जोडिएका सदस्यहरूको प्राकृतिक आवश्यकता, उच्च संवाद समितिको तर्फबाट भइरहेको सम्भाव्य सहकार्य एवं एकता साथै जेनजी अगुवा र सरकारबीच भएको सम्झौतालाई ध्यानमा राखी निर्वाचनको लागि पार्टीको समानुपातिकतर्फको उमेदवारी दिने म्याद पुस ५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको थियो ।

परिस्थितिजन्य अवस्था र आवश्यकताका आधारमा पार्टी सचिवालयले प्राप्त आवेदनहरूको छनोट प्रक्रिया प्रारम्भ गर्नेलगायत कुनै पनि समय उमेदवारी आवेदन दिने प्रक्रिया बन्द गर्न सक्ने पनि रास्वपाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्