राजनीति
काठमाडौं । पतञ्जली जग्गा अनियमितता प्रकरणमा माधव कुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाका साक्षी झिकाउन विशेष अदालतले आदेश गरेको छ ।
अदालतले वादीका साक्षीहरू विशेष सरकारी वकिल कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत र प्रतिवादीका साक्षीहरू प्रतिवादी माधव नेपालमार्फत नै झिकाइ भौतिक उपस्थिति वा भिडियो कन्फ्रेन्समार्फत बकपत्र गराउन आदेश जारी गरेको हो ।
विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायण प्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ मंसिर २५ मा गरेको तामेलीमा राख्ने निर्णय झिकाउन पनि आदेश गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ १७:०२
प्रतिक्रिया दिनुहोस्