site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टीमा गुटबन्दीको सम्भावना बढ्यो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले वर्तमान अवस्थामा पार्टी र मुलुकलाई अघि बढाउन केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य भएको बताएका छन् ।

सोमबार (मंसिर २८) काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग उनले कम्युनिस्ट आन्दोलन हाँक्न, पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सक्ने नेताहरूको टिम ओलीले बनाएको समेत बताए ।

ओली टिमबाट सचिव पदका उमेदवार बस्नेतले ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्षमा दोहोरिने सहमति गरेका भए उत्तम हुने धारणा व्यक्त गरे । त्यसो हुन नसकेकाले पार्टीभित्र आन्तरिक द्वन्द्व र गुटबन्दीको सम्भावना बढेको उनले बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्