site stats
बाह्रखरी :: Baahrakhari
कला
‘अभिमन्यु’, ‘हर्ष’ र ‘परान’ : कसले कति कमाए ?

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ बक्सअफिसमा कमजोर देखिएको छ । गत शुक्रबार रिलिज भएको यो चलचित्रले शनिबार रातिसम्म २१ लाख १० हजार २०५ रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ । 

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’मा मुकेश खनालको लेखन छ । 

चलचित्रमा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् । अतिथि भूमिकामा रेखा थापा छिन् । 

एकता पौडेलको निर्देशन रहेको चलचित्र ‘हर्ष’ पनि बक्सअफिसमा कमजोर देखिएको छ । यो सिनेमाले २८ लाख ७६ हजार २८६ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । 

aa-1765787463.jpeg
‘हर्ष’मा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा छन् । आलोक शुक्लाको छायांकन रहेको चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेकी छन् ।

चलचित्र ‘परान’ले १७ करोड ३९ लाख ४९ हजार ५०१ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । दीपक आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्रमा नीर शाह, केकी अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठी र अञ्जना बराइली मुख्य भूमिकामा छन् ।  

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्