काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ बक्सअफिसमा कमजोर देखिएको छ । गत शुक्रबार रिलिज भएको यो चलचित्रले शनिबार रातिसम्म २१ लाख १० हजार २०५ रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’मा मुकेश खनालको लेखन छ ।
चलचित्रमा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् । अतिथि भूमिकामा रेखा थापा छिन् ।
एकता पौडेलको निर्देशन रहेको चलचित्र ‘हर्ष’ पनि बक्सअफिसमा कमजोर देखिएको छ । यो सिनेमाले २८ लाख ७६ हजार २८६ रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

‘हर्ष’मा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा छन् । आलोक शुक्लाको छायांकन रहेको चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेकी छन् ।
चलचित्र ‘परान’ले १७ करोड ३९ लाख ४९ हजार ५०१ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । दीपक आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्रमा नीर शाह, केकी अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठी र अञ्जना बराइली मुख्य भूमिकामा छन् ।