site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सचिवमा नउठ्ने भनेपछि भट्टलाई बनाइयो उपमहासचिवको उमेदवार

काठमाडौं । नेकपा (एमाले)का सचिव लेखराज भट्टराई ११औँ महाधिवेशनमा उपमहासचिव पदको उमेदवार बनाइएको छ । अध्यक्ष केपी शर्मा ओली समूहबाट उनलाई उपमहासचिवको उमेदवार बनाइएको विवरण नेताहरूले सार्वजनिक गरेका छन् ।

ओलीनिकटले यसअघि सार्वजनिक गरेको ‘लिस्ट’मा भट्टको नाम सचिवको उमेदवारका रूपमा थियो । त्यसमा उनले असन्तुष्टि जनाएका थिए । सचिवमा नउठ्ने अडान लिएपछि उनलाई उपमहासचिवमा अघि सारिएको हो ।

“अहिले सच्चिएको कुरा आएको छ,” उनले बाह्रखरीसित भने ।

भट्ट एमालेको १०औँ महाधिवेशनबाट सचिव बनेका थिए । सोही पदमा उनले दोहोरिन नचाहेका हुन् ।

नेताहरूका अनुसार, भानुभक्त ढकाललाई सचिवमा राखेर भट्टलाई उपमहासचिव बनाउने तयारी छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्