site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको बन्दसत्र सुरु हुने समय फेरि सारियो

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज (मंसिर २८)देखि बन्दसत्र सुरु हुने तय छ । तर, बन्दसत्र सुरु हुने समय पटक–पटक सारिएको छ ।

अब यस दिन दिउँसो ३ बजेदेखि बन्दसत्र सुरु हुने तय गरिएको पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

काठमाडौंको भृकुटीमण्डपमा आज बिहान साढे ७ बजेदेखि बन्दसत्र सुरु गर्ने यसअघिको निर्णय थियो । तर, उक्त समयलाई सारेर दिउँसो १ बजेदेखि बन्दसत्र थाल्ने भनिएको थियो । यो समयबाट पनि बन्दसत्र धकेलिएको हो ।

बन्दसत्रअघि भृकुटीमण्डपमै केन्द्रीय कमिटी बैठक बसेको छ । बैठकबाट पार्टी विधान संशोधनको निर्णय गरिएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्