राजनीति
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अब आफू पदाधिकारी नबन्ने बताएकी छन् । नयाँ केन्द्रीय कमिटीका निम्ति पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने उनले घोषणा गरेकी हुन् ।
काठमाडौंको भृकुटीमण्डपमा आइतबार (मंसिर २८) बसेको केन्द्रीय कमिटी बैठकमा ७२ वर्षीया शाक्यले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरिन् ।
अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पनि पदाधिकारी नबन्ने घोषणा गरेका छन् ।
पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ । केन्द्रीय कमिटी बैठकपश्चात् भृकुटीमण्डपमै बन्दसत्र हुने तय छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ १२:४६
प्रतिक्रिया दिनुहोस्