विदेश
काठमाडौं । सुडानमा संयुक्त राष्ट्र शान्ति मिसनमा खटिएका बंगलादेशका ६ जवानको मृत्यु भएको छ । आठजना घाइते छन् । बंगलादेश सेनाले शनिबार यसबारे जानकारी गराएको हो ।
सुडानको अबेई क्षेत्रस्थित राष्ट्रसंघको एक बेसमा आक्रमण गरिएको थियो । बंगलादेशको रक्षा मन्त्रालयको अन्तरसेवा जनसम्पर्क निर्देशनालयले उक्त क्षेत्रमा लडाइँ अझै जारी रहेको जनाएको छ ।
बंगलादेश राष्ट्रसंघका मिसनमा एक प्रमुख योगदानकर्ता राष्ट्र हो । हाल सेना, नौसेना, वायुसेना र प्रहरी गरी बंगलादेशका ६ हजारभन्दा बढी जनशक्ति युद्धग्रस्त अफ्रिकी देशमा तैनाथ छ । यसमा सुडान पनि समावेश छ ।
हालै राष्ट्रसंघले सुडानको अबेई क्षेत्रको मिसनका निम्ति आफ्ना सैनिकहरू पठाएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ ०९:४८
प्रतिक्रिया दिनुहोस्