राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता देव गुरुङले ‘कम्युनिस्ट एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
शनिबार (मंसिर २७) भक्तपुरको सल्लाघारीमा नेकपा (एमाले)को ११औँ महाधिवेशन उद्घाटन समारोहमा उनले भने, “वामपन्थीहरूको एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । कम्युनिस्टहरू नै सच्चा देशभक्त र राष्ट्रवादी हुन्छन् । नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न कालखण्डदेखि नै विखण्डन हुँदै आएको छ ।”
विखण्डित कम्युनिस्ट आन्दोलनलार्ई एकताबद्ध गर्न नसके लोकतन्त्रको रक्षा गर्न कठिन रहेको पनि उनले बताए ।
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२ १६:२७
प्रतिक्रिया दिनुहोस्