राजनीति
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव डा. सुरेन्द्र झाले संविधानलाई दीर्घकालीन बनाउन संशोधन आवश्यक रहेको बताएका छन् ।
शनिबार (मंसिर २७) भक्तपुरमा नेकपा (एमाले)को ११औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले संविधान संशोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, “संविधान संशोधन गर्नुपर्छ, सबै समेटिनुपर्छ भन्दा हामीलाई एक्ल्याइयो । देश एकाकार नभईकन तपाईंहरूको लक्ष्य प्राप्त गर्न कतै कठिन हुने त हैन ?”
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२ १४:४६
प्रतिक्रिया दिनुहोस्