site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मनोनीत १०८ महाधिवेशन प्रतिनिधिको सूचीप्रति ईश्वर पोखरेलको असहमति

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति मनोनीत १०८ प्रतिनिधिका विषयमा अध्यक्षका दाबेदार एवं वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति रहेको बताएका छन् ।

शुक्रबार (मंसिर २६) सचिवालय बैठकमा १०८ प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल बसेर टुंगो लगाउने सहमति गरिएको थियो । शनिबार (मंसिर २७) बिहान ओली र पोखरेल बसेर प्रतिनिधि टुंगो लगाउने भनिएको थियो । तर, उक्त सहमतिविपरीत एकलौटी ढंगले सूची प्रकाशन गरिएको पोखरेलले बताए ।

शनिबार प्रकाशित सूची शुक्रबार ओलीले प्रस्तुत गरेको नाम भएको पोखरेल समूहको भनाइ छ ।

पोखरेलले शुक्रबार आफ्नो समूहका तर्फबाट अलग सूची प्रस्तुत गरेका थिए । ती दुवै नाममा सहमति खोज्ने निर्णय गरिएको थियो । तर, शनिबार प्रकाशित प्रतिनिधिका नाम ओलीले टेबल गरेको सूची मात्र भएको पोखरेल समूहले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्