site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले महाधिवेशनको तयारी पूरा, उद्घाटनमा ‘तीन लाखजना’को उपस्थिति रहने

काठमाडौं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनका निम्ति इतिहासमै पहिलोपल्ट कलात्मक मञ्च बनाइएको जिकिर गरेको छ । महाधिवेशनको तयारी पूरा भएको एमालेले जनाएको छ ।

शुक्रबार (मंसिर २६) भक्तपुरको सल्लाघारीमा महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले उद्घाटन समारोहमा १०८ रोपनी क्षेत्रफलको चौरमा करिब तीन लाखजनाको उपस्थिति रहने जानकारी दिए ।

वर्तमान संविधान खारेज गर्न केही शक्ति लागिपरेको भन्दै उनले ११औँ महाधिवेशनबाट उक्त विषयमा ‘निर्णायक’ जवाफ दिइने पनि बताए ।

महाधिवेशनका निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा जान सकिने व्यवस्था गरिएको एमालेले जनाएको छ । 

महाधिवेशनमा करिब २०० बढी वेशभूषाका झाँकी पनि प्रदर्शन गरिने उनले जानकारी दिए ।

यसपालि महाधिवेशनमा एमालेले विदेशी अतिथिलाई निमन्त्रणा गरेको छैन । डा. भट्टराईले भ्रातृत्व, मैत्रीपूर्ण र कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका पार्टीबाट शुभकामना सन्देश प्राप्त भइसकेको बताए ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्