site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कम्बोडियासँग द्वन्द्वबीच थाइल्यान्डका प्रधानमन्त्रीले गरे संसद् विघटन
अनुतिन चर्नविराकुल । तस्बिर : रोयटर्स ।

काठमाडौं । कम्बोडियासँगको सीमामा एक सातदेखि जारी झडपबीच थाइल्यान्डका प्रधानमन्त्रीले संसद् विघटन गरेका छन् । योसँगै देशमा ४५ देखि ६० दिनभित्र आमनिर्वाचन हुनेछ । 

शुक्रबार जारी एक आदेशमा प्रधानमन्त्री अनुतिन चर्नविराकुलले आफू अल्पमत सरकारमा सत्तामा आएको तीन महिनादेखि सीमामा घातक झडपका कारण धेरै चुनौतीको सामना गर्नुपरेको बताएका छन् ।

उनले भनेका छन्, “यसको उचित समाधान संसद् विघटन गर्नु हो, जसले राजनीतिक शक्ति जनतालाई फिर्ता दिने एक तरिका हुनेछ ।”

व्यवसायीबाट नेता बनेका अनुतिन सन् २०२३ अगस्टयता थाइल्यान्डका तेस्रो प्रधानमन्त्री हुन् । 

सेप्टेम्बरमा सत्तामा आएपछि उनले जनवरीको अन्त्यसम्म संसद् विघटन गर्ने वाचा गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्