site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नुवाकोट–१ बाट कांग्रेस प्रवक्ता डा. महतको एकल नाम सिफारिस
फाइल तस्बिर ।

काठमाडौं । नुवाकोट–१ बाट नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको एकल नाम सिफारिस भएको छ । 

क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ डा. महतको नाम मात्र सिफारिस गर्ने निर्णय गरेको हो । 

समानुपातिकतर्फ कृष्णबहादुर लामा, महेन्द्र थिङ, कविराज गुरुङ, प्रकाश गौतम, भवानी देवकोटा, अन्जु आचार्य र कल्पना नेपालीको नाम सिफारिस भएको छ । यस्तै, राष्ट्रियसभा सदस्यका लागि रामकृष्ण थापा र भाग्यश्री लामाको नाम सिफारिस भएका हुन् ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्