site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार र जेनजीबीचको सम्झौता कोसेढुंगा : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेनजीबीचको सम्झौतालाई इतिहासको एउटा कोसेढुंगाको संज्ञा दिएकी छन् । बुधरबार सिंहदरबारमा भएको सम्झौता कार्यक्रममा प्रधानमन्त्री कार्कीले यसले भोलिको परिवर्तनलाई निर्देशित गर्ने बताइन् ।

नेपाल जेनजी आन्दोलनको गुरु राष्ट्र बन्न पुगेको र यहाँको प्रेरणाबाट अन्य मुलुकहरूमा पनि आन्दोलन भइरहेको उल्लेख गरिन् ।

यस दस्ताबेजलाई स्वीकार्य बनाउन खोज्दा हस्ताक्षर गर्न केही ढिलाइ भएको जानकारी दिइन् । 

उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने सहिद, घाइते योद्धा तथा सबै जेनजी युवाको योगदान इतिहासमा अभिलिखित राखिरहन पनि यो दस्तावेज निर्माण गरेको बताइन् । 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  २१:१७
प्रतिक्रिया दिनुहोस्