काठमाडौं । राजेश हमाल अभिनीत नयाँ चलचित्र ‘प्रवासी जीवन’ फागुन १५ देखि प्रदर्शन हुने भएको छ । नेपालबाट अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने संघर्षसहितको प्रवासी जीवनको कथा यो चलचित्रले भन्नेछ ।
यो चलचित्रलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्तरूपमा निर्देशन गरेका छन् । श्याम क्षेत्रीले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रित गरेर सिनेमा तयार परेको उनले बताए ।
चलचित्रको पोस्टरमा पृष्ठभूमिमा लेखिएको ‘मेन्टल हेल्थ’, ‘एञ्जाइटी’, ‘थेरापी’जस्ता शब्द उल्लेख छ । चलचित्रको कथा, पटकथा तथा संवाद स्वयं निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।
‘प्रवासी जीवन’मा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठीलगायत कलाकारको अभिनय छ ।