site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल र मौरिससबीचको दोहोरो करमुक्ति सम्झौता अन्त्य
मन्त्रिपरिषद् बैठक । फाइल तस्बिर ।

काठमाडौं । सरकारले नेपाल र मौरिससबीचको दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार (मंसिर २३) आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।

सोमबार (मंसिर २२) बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय गरिएको उनले बताए । “नेपाल र मौरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने निर्णय भएको छ,” सञ्चारमन्त्री खरेलले भने ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्