काठमाठौं । थाइल्यान्ड र कम्बोडियाबीचको विवादित सीमामा फेरि झडप सुरु भएको छ । झडपमा थप मानिसको मृत्यु र हजारौँजना विस्थापित भएका छन् ।
कम्बोडियाले थाई सेनाले राति गरेको गोलाबारीमा थप दुई सर्वसाधारण मारिएको जनाएको छ । योसँगै मृत्यु हुने कम्बोडियालीको संख्या सात पुगेको छ । थाइल्यान्डले पनि कम्तीमा तीन सैनिक मारिएका जनाएको छ ।
दुवै पक्षले झडपका निम्ति एकार्कालाई दोष दिएका छन् । यो झडपसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुलाईमा दुई देशबीच गराएको अस्थायी युद्धविराम सम्झौता भंग भएको छ ।
ट्रम्पले त्यति बेला सीमा विवाद अन्त्य गराएको र त्यसलाई ऐतिहासिक उपलब्धि भनेका थिए । कम्बोडियाले ट्रम्पलाई उनको भूमिकाका निम्ति नोबेल शान्ति पुरस्कारका लागि मनोनयन समेत गरेको थियो ।
कम्बोडिया र थाइल्यान्डले आफ्नो ८०० किलोमिटर लामो स्थलसीमाको क्षेत्रीय सार्वभौमसत्ताका विषयमा एक शताब्दीभन्दा बढी समयदेखि विवाद गर्दै आएका छन् ।
ट्रम्पले कम्बोडिया र थाइल्यान्ड दुवैलाई जुलाईमा भएको युद्धविराम सम्झौताको पूर्ण रूपमा सम्मान गर्न आह्वान गरेका छन् ।