site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
युवा संघले महाधिवेशनमा ५० हजार युवा उतार्ने

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौं उतार्ने घोषणा गरेको छ ।
 
युवा संघका अध्यक्ष क्षितिज थेबेले मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा, जिल्ला, पालिका र प्रदेश कमिटीहरूलाई अनिवार्य रूपमा युवाको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ ।
 
थेबेका अनुसार काठमाडौं र ललितपुरका ६१ वटा वडाबाट सयका दरले ६ हजार एक सय, उपत्यकाका अन्य १९ वटा पालिकाबाट एक हजारका दरले १९ हजार, उपत्यकाबाहेक वाग्मतीका दशवटा जिल्लाबाट १५ सयका दरले १५ हजार युवा जुटाउने युवा संघको तयारी छ । 

महाधिवेशनमा कोसी र मधेस प्रदेशबाट चार/चार हजार,  गण्डकीबाट तीन हजार, लुम्बिनीबाट दुई हजार, कर्णाली र  सुदूरपश्चिम प्रदेशबाट पाँच सयका दरले एक हजार युवा जुटाउने युवा संघले जनाएको छ ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्