site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु

काठमाडौं । भारतको गोवाको उत्तरी क्षेत्र अर्पोराको एउटा नाइटक्लबमा सिलिन्डर विस्फोट हुँदा भएको आगलागीमा २३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार किचनमा काम गर्दा अचानक सिलिन्डर विस्फोट भएपछि आगलागी भएको थियो । 

समाचार एजेन्सी पीटीआईको अनुसार गोवा डीजीपी आलोक कुमारले राति १२ः०४ बजे खबर आएपछि प्रहरी, फायर ब्रिगेड र एम्बुलेन्स तुरुन्तै घटनास्थलमा पुगेको बताए । उनले सबै शव बरामद गरिएको जानकारी दिएका छन् । 

आगो क्लबको भुइँ तलाको किचन क्षेत्रमा लागेको र २३ जनाको मृत्यु पुष्टि भएको छ । 

स्थानीय बासिन्दा र कर्मचारीहरूका अनुसार, आगलागी हुँदा क्लबमा कर्मचारीबाहेक पनि केही मानिस पनि थिए । मृत्यु हुनेमा चारजना पर्यटक पनि छन् । 

२३ जनामध्ये तीनजनाको मृत्यु आगोमा जलेर भएको र बाँकीको मृत्यु धुँवामा निसास्सिएर भएको बताइएको छ । इन्डियाटुडेबाट । 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ०७:५१
प्रतिक्रिया दिनुहोस्