काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले विदेशिएका युवाहरूलाई स्वदेश फर्काउन शक्तिशाली कम्युनिस्ट पार्टीको आवश्यकता रहेको बताएका छन् ।
जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशमा अझै पनि भ्रष्टाचार व्याप्त रहेको र शिरदेखि तीरसम्म नै भ्रष्टाचार व्याप्त रहेको जिकिर गरे । उनले भ्रष्टाचारीहरूले देशलाई नराम्रोसँग डसिरहेको भन्दै त्यसको अन्त्य गर्ने समाजवाद नै एक मात्र विकल्प रहेको बताए । देशमा रोजगारी सिर्जना नहुँदा ठूलो संख्यामा युवाहरू विदेश पलायन भइरहेको उल्लेख गरे ।
"आज देशमा जुन प्रकारको भ्रष्टाचार भइरहेको छ । देशभर नै भ्रष्टाचार छ, शिरदेखि तीरसम्म भ्रष्टाचार छ । भ्रष्टाचारीहरूले देशलाई नराम्रो ढंगले डसिरहेको छ । त्यसलाई अन्त्य गर्ने व्यवस्था भनेको समाजवाद हो," उनले भने ।
उनले देशमा रोजगारी सिर्जना गर्नु जरुरी रहेको बताए । न्युज एजेन्सी नेपाल