site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुख्यमन्त्री यादवले राजीनामा दिन्छन् अथवा विश्वासको मत लिन्छन् ?

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पेस गर्ने अथवा राजीनामा दिने भन्ने विषय दलले निर्णय गर्ने भएको छ । यसमा निर्णय गर्न अहिले मधेस प्रदेश नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ ।
 
मधेस प्रदेशसभा सदस्य मोहम्मद जैद आलमले बाह्रखरीसित भने, “अहिले हामी संसदीय दलको बैठक बस्दै छौँ । बैठकले नै के गर्ने भन्ने विषय टुंगो लगाउनेछ ।”

कांग्रेससहित सात दलीय गठबन्धन सरकारको विपक्षीमा छ । यसो हुँदा मुख्यमन्त्री यादवले विश्वासको मत नपाउने निश्चित प्रायः छ । यस्तो अवस्थामा पार्टीले नै निर्णय गरेर अगाडि बढ्ने तयारी भएको आलमले बताए ।
  
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवलाई विश्वासको मतका लागि दबाब बढेको हो । बिहान साढे ८ प्रदेशसभाको बैठक बोलाइएको थियो । उक्त बैठकमा मुख्यमन्त्री यादव अनुपस्थित भएका थिए । अहिले २ बजेका लागि प्रदेशसभाको बैठक पुनः बोलाइएको छ ।  

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्