site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नवलपुरमा थपिए नौ हजार मतदाता
प्रतीकात्मक तस्बिर ।

त्रिवेणी । नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार, कार्यालयबाट नाम दर्ता गराउने नयाँ मतदाताको संख्या तीन हजार १५३ छ ।  राष्ट्रिय परिचयपत्र प्रयोग गरेर ६ हजार ८४ जनाले नाम दर्ता गराएका छन् । 

यहाँ यसअघि दुई लाख ६० हजार ४३२ मतदाता थिए । निर्वाचन कार्यालयले बुलिङटार गाउँपालिका–२ मा एउटा मतदानस्थल थप्न सिफारिस गरेको छ । नवलपुरमा यसअघि ११३ मतदानस्थल थिए । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्