site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बारम्बार सरकारमा गएर राम्रो काम गर्न सकेनौँ : नेपाल

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले जेनजीहरू आफ्नो पार्टीप्रति आकर्षित रहेको दाबी गरेका छन् । उनले यो पुराना र नयाँ सबैको पार्टी भएको सुनाए ।

सोमबार विराटनगरमा पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘‘समानताको अनुभूति होस् र जनताको इज्जत प्रतिष्ठा जोगियोस् भन्ने उदेश्यले नयाँ पार्टी बनाएका हौँ ।’’

२०२८ सालमा विराटनगरबाट बीकम पास गरेको र मनमोहन अधिकारीसहित अन्य नेताका तीन पार्टीलाई एकता गर्दा तरंग सिर्जना भएको सुनाए । आफूहरू बारम्बार सरकारमा गएर राम्रो काम गर्न सकेको भन्दै गौरवबोध गरे । विभिन्न नेताले देश हाँक्ने मौका पाएको सुनाउँदै नेपालले पहिले पनि आफ्नो पार्टीले सरकारको नेतृत्व गरेको दृष्टान्त सुनाए । राम्रो काम र कमजोरीको समीक्षा हुनुपर्ने भन्दै कोसी प्रदेशमा बामपन्थीहरू समय समयमा सरकारमा बसेकाले राम्रा कामको प्रचार गरिनुपर्ने बताए । 

कम्युनिस्ट पार्टीको क्रान्तिकारी चरित्र जोगाउन एक भएको नेपालले दाबी गरे । उनले नेपालको स्वाभिमानको रक्षा गर्न र नेपाली हौँ भन्ने पहिचान दिन नयाँ पार्टी बनाएको बताए । संविधानको रक्षा अहिलेको जिम्मेवारी भएको उनको भनाइ थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्