site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीलाई भुसालको आग्रह- निर्वाचन बिथोल्नेतिर नलाग्नुहोस्

काठमाडौं । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कसैले पनि निर्वाचन बिथोल्ने काम गर्न नहुने बताएका छन् ।

सोमबार (मंसिर १५) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भुसालले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा कसैले पनि बाधा अवरोध सिर्जना गर्न नहुने बताएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीलाई पनि निर्वाचन बिथोल्न काम गर्न भुसालले आग्रह गरे । ओलीका कारण मुलुकले अपूरणीय क्षति व्यहोरेको जिकिर गर्दै उनले निर्वाचन बिथोल्ने काम गर्न नहुने बताए । कांग्रेसलाई पनि चुनावको बारेमा दुविधा नपाल्न उनको आग्रह छ ।

पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपालाई आम जनताले विश्वास गर्ने आधार नभएको पनि भुसालको भनाइ छ ।

यस्तो छ भुसालको भनाइ :

चुनावका लागि कसैले पनि यताउता, बाधा, अवरोध नगरुन् । एमालेले पनि नगरोस् । यो मुलुकले कमरेड ओलीका नीतिहरूले मुलुकले धेरै कुरा गुमाएको छ । असाध्यै धेरै अपूरणीय क्षति व्यहोरिसकेको छ कमरेड ओली । अब तपाईंले पनि चुनाव बिथोल्नेतर्फ नलाग्नुस् । कांग्रेसले पनि दुविधा नराखोस् । माओवादीले जे बोल्दै छ, त्यसलाई विश्वास गर्न मानिसहरूले छोडिसकेका छन् । चुनावको कुरा गरेर यसलाई बिथोल्ने कुरा नगर्नु होला । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्