विराटनगर । हालै १५ विभिन्न राजनीतिक दल र समूह मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को कोसी प्रदेशस्तरीय ‘एकता सन्देश सभा’ विराटनगरमा सुरु भएको छ।
पुरानो गुद्रीस्थित मैदानमा सुरु भएको सभामा झापा, मोरङ, सुनसरी, उदयपुर लगायत जिल्लाबाट कार्यकर्ताको उल्लेख्य उपस्थिति छ ।
सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावल, नारायणकाजी श्रेष्ठसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
कात्तिक १९ गते पार्टी एकता घोषणा गरेको नेकपाले देशव्यापी दौडाहाका क्रममा आज कोसी प्रदेशमा सभा गरेको हो ।
यसअघि सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशसभा सम्पन्न गरिसकेको पार्टीले बाँकी प्रदेशमा पनि मंसिर २३ गतेसम्म क्रमिक रूपमा सभा आयोजना गर्ने जनाएको छ।