site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतबाट हसिनाको सुपुर्दगीको अपेक्षाले सम्बन्ध प्रभावित नहुने हुसैनको दाबी

काठमाडौं । बंगलादेशले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको भारतबाट सुपुर्दगी हुने अपेक्षा गरेको बताएको छ । तर, यो मुद्दालाई नयाँ दिल्लीसँगको द्विपक्षीय सम्बन्धमा बाधा बन्न नदिने देशको धारणा रहेको उल्लेख गरेको छ ।

बंगलादेशका अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहीद हुसैनले सञ्चारकर्मीहरूसँग यस्तो धारणा व्यक्त गरेको भारतको द न्यू इन्डियन एक्सप्रेसले उल्लेख गरिएको छ ।

पत्रकारहरूले भारतले हसिनालाई सुपुर्दगी नगरी राम्रो सम्बन्धको अपेक्षा कसरी गर्ने भन्ने प्रश्नमा हुसैनले द्विपक्षीय सम्बन्ध एउटै मुद्दामा अड्किएर नबस्ने बताएका थिए । यद्यपि, उनले अब हसिना घोषित अपराधी भएकाले बंगलादेशले भारतबाट जतिसक्दो छिटो सुपुर्दगी हुने अपेक्षा गरेको उल्लेख गरेका थिए ।

गत वर्ष विद्यार्थीको नेतृत्वमा हिंसात्मक प्रदर्शन भएको थियो, जसमा १४ सय भन्दा बढी प्रदर्शनकारी मारिएका थिए ।  

५ अगस्टमा २०२४ मा हसिना सरकार ढलेको थियो । त्यसपछि उनी भागेर भारतमा शरण लिइरहेकी छिन् । 

यस वर्ष नोभेम्बर १७ मा एक विशेष न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारअन्तर्गत भारतसँगको सम्बन्धबारे सोधिएको अर्को प्रश्नमा भारतले नयाँ वास्तविकताहरूसँग तालमेल मिलाउन केही समय चाहिने बताएका थिए । यद्यपि, उनले दुई देशबीच राम्रो सम्बन्ध देखिने अपेक्षा आफूले राखेको बताएका थिए ।

उनीहरूले भारतसँग दुवै पक्षको हितमा आधारित राम्रो सम्बन्ध कायम गर्न चाहेको धारणा पनि व्यक्त गरेका थिए । 
यसअघि, बुधबार हुसैनले भारतले हसिनाको सुपुर्दगीका लागि पहिले गरिएको मागमा कुनै जवाफ नदिएको बताएका थिए । 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्