काठमाडौं । ताइवानका राष्ट्रपति लाई चिङ–तेले हालै देशको सबैभन्दा महत्त्वाकांक्षी रक्षा परियोजना ‘टी–डोम’को औपचारिक घोषणा गरेका छन् । यसको तुलना इजरायलको चर्चित आइरन डोमसँग गरिँदैछ ।
यद्यपि, ताइवानको टी–डोम आइरन डोमभन्दा पनि बढी शक्तिशाली हुने विज्ञहरूको विश्वास छ, किनभने यसले चीनको पीपुल्स लिबरेसन आर्मीका लडाकु विमानहरू ब्यालिस्टिक मिसाइलहरू, क्रूज मिसाइलहरू र ड्रोनहरू सबै प्रकारका खतराहरूसँग एकसाथ जुध्न आवश्यक छ ।
ताइवान सरकारले आगामी वर्षहरूमा रक्षा बजेटमा थप ४० अर्ब डलर जोड्ने प्रस्ताव राखेको छ, जसमा टी–डोमको विकास गर्नु सबैभन्दा ठूलो प्राथमिकता हो । ताइवानका राष्ट्रपति तेले चीनको बढ्दो खतराको सामना गर्न टी–डोमको निर्माणमा तीव्रता ल्याउने वाचा गरेका छन् ।
स्मरणीय के छ भने ताइवानका राष्ट्रपतिले टी–डोमको घोषणा अक्टोबर १० मा गरेका थिए । टी–डोमलाई चिनियाँ लडाकु विमानहरू, मिसाइलहरू वा ड्रोनहरूको सम्भावित आक्रमणबाट टापुको लोकतान्त्रिक ताइवानको रक्षा गर्न डिजाइन गरिने बताइएको छ ।
टी–डोमको तुलना इजरायलको आइरन डोमसँग गरिएपनि यी दुईबीच फरक छ । ताइपेइस्थित सुरक्षा विश्लेषक जे. माइकल कोलले आइरन डोम मुख्य रूपमा कम दुरीका हतियारहरूका लागि डिजाइन गरिएको छ जबकि टी–डोमले खतराहरूको धेरै व्यापक शृंखलाको सामना गर्नुपर्नेछ । उल्लेखनीय के छ भने चीनले ताइवान आफ्नो हिस्सा भएको दाबी गरेको र उसलाई बलपूर्वक आफ्नोमा मिलाउने धम्की दिएको छ ।
चीनको धम्कीलाई ध्यानमा राख्दै ताइवान खतरनाक टी–डोम तयार गरिरहेको हो । टी–डोम चिनियाँ लडाकु विमानहरू, मिसाइलहरू वा ड्रोनहरूको सम्भावित आक्रमणबाट लोकतान्त्रिक टापुको रक्षा गर्न डिजाइन गरिनेछ । यद्यपि, पूरा प्रणालीलाई २०२७ भन्दा अगाडि सञ्चालनमा ल्याउन लगभग असम्भव मानिएको छ ।