site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपाको माग– राजा, राजनीतिक दल, ‘जेनजी’ पक्षधरबीच सर्वपक्षीय सम्मेलन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका निम्ति भन्दै तत्कालीन राजा, राजनीतिक दल, ‘जेनजी’लगायत पक्षधरबीच नवीन समझदारीको औपचारिक प्रस्ताव गरेको छ । शनिबार (मंसिर १३) प्रधानमन्त्रीसँग भेट्न गर्न राप्रपा नेताहरू बालुवाटार पुगेका थिए ।

राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री कार्कीलाई पाँचबुँदे ज्ञापनपत्र बुझाए । नवीन समझदारीका निम्ति सर्वपक्षीय बैठक (सम्मेलन)को पहल गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरे ।

राप्रपाले पेस गरेको ज्ञापनपत्र पढ्नोस्–

dasmg-1764424673.jpg
 

 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्