site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दोलखामा एमाले प्रतिनिधि सर्वसम्मत
फाइल तस्बिर ।

दोलखा । नेकपा (एमाले) दोलखाले पार्टीको ११औँ महाधिवेशनका निम्ति प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ । एमाले दोलखाले शनिबार (मंसिर १३) पत्रकार सम्मेलन आयोजना गर्दै सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी दिएको हो ।

खुलातर्फ मेलुङ गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, भीमेश्वर नगरपालिकाबाट भरतबहादुर केसी,  तामाकोसी गाउँपालिकाबाट ईश्वर पोखरेल र कालिञ्चोक गाउँपालिकाबाट डबल पाण्डे प्रतिनिधिमा चयन भए ।

महिलातर्फ बैतश्वर गाउँपालिकाबाट शान्तिकुमारी तामाङ, गौरीशंकर गाउँपालिकाबाट उर्मिला थामी र बिगु गाउँपालिकाबाट शारदा राणा छनोट भएका जनाइएको छ । 

दलिततर्फ शैलुङ गाउँपालिकाबाट विशाल विक र युवामा जिरी नगरपालिकाबाट लक्ष्मण गुभाजुलाई महाधिवेशन प्रतिनिधिमा चयन गरिएको एमाले दोलखाका अध्यक्ष श्रेष्ठले बताए । जिल्लाबाट जम्मा नौ प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको उनले बताए ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय गरिएको छ ।

दुई पोलिटब्यरो सदस्य रहेका दोलखाबाट नौ महाधिवेशन प्रतिनिधिमध्ये पाँच पार्वत गुरुङ पक्षधर र चार आनन्दप्रसाद पोखरेलनिकट चयन भएका छन् । रासस

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्