site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदर्शन गर्न बिजुलीबजार पुगेका राजावादीलाई हटायो प्रहरीले

काठमाडौं । प्रहरीले राजसंस्था समर्थकलाई काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्न रोक लगाएको छ ।

राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्दै शाही युवा शक्ति नेपालको अगुवाइमा शनिबार (मंसिर १३) काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्न खोजिएको थियो । तर, ठूलो संख्यामा तैनाथ प्रहरीले प्रदर्शन गर्न बिजुलीबजार पुगेका व्यक्तिहरूलाई त्यहाँबाट हटाएको हो ।

त्यसक्रममा एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजेपछि रोक लगाइएको प्रहरीले जानकारी दिएको छ ।

राजवादीले यसअघि सामाखुसी क्षेत्रमा प्रदर्शन गर्दै आएका थिए । शनिबार भने बिजुलीबजारमा प्रदर्शन गर्न खोजेका थिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्