site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस कार्यवाहक सभापतिको वार्ता प्रस्ताव विशेष महाधिवेशन पक्षधरबाट अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको वार्ता प्रस्ताव अस्वीकार गरेको छ । 

कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षलाई शनिबार बिहान साढे आठ बजे वार्तामा आउन फोनमार्फत जानकारी गराएका थिए । तर, विशेष महाधिवेशनका लागि २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित बुझाएको पत्रलाई औपचारिक ‘रेस्पोन्स’ गर्नुपर्ने निष्कर्षसहित विशेष महाधिवेशन पक्षधरले वार्तामा नजाने निर्णय गरेका हुन् । 

“हामीले २४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनका लागि औपचारिक पत्र दर्ता गरेका छौँ । अब उक्त प्रस्तावकहरूसँग औपचारिक व्यवहार गर्नु जरुरी छ,” विशेष महाधिवेशन हस्ताक्षर अभियन्ता गुरुराज घिमिरेले बाह्रखरीसँग भने, “उहाँकोे फोनपछि हामीले छलफल गर्‍यौँ । छलफलबाट अनौपचारिक वार्तामा नजाने निर्णय भएको छ ।” 

साथै, उनले विधानअनुसार औपचारिक रूपमा पेस भएको प्रस्तावबारे छलफलका लागि औपचारिक व्यवहार पार्टीबाट हुनुपर्ने निष्कर्ष निकालेको जानकारी दिए । 

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्