site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हङकङमा भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो, ३०० जना बेपत्ता
तस्बिर : एपी ।

काठमाडौं । हङकङको एक आवासीय क्षेत्रमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । ७६ जना घाइते छन् । करिब ३०० जना सम्पर्कविहीन छन् ।

बुधबार ताई पो जिल्लाका आठमध्ये सात भवनमा फैलिएको आगो अब नियन्त्रणमा रहेको जनाइएको छ ।

सुरक्षा कमजोरीका कारण मानिसमा आक्रोश बढेको एक बासिन्दाले बताएका छन् । ती स्थानीयले भने, “यो दुर्घटना रोकिन सक्थ्यो ।”

आगलागीका बेला उक्त कम्प्लेक्समा कति मानिस उपस्थित थिए भन्ने स्पष्ट छैन । कम्प्लेक्समा लगभग ४६ सयजना बसोबास गर्ने गरेका तथ्यांक छ ।

भवनमा कसरी आगलागी भयो भन्ने पनि यकिन भइसकेको छैन । भवनको बाहिर प्रयोग गरिएको सामग्री आगो रोक्न सक्ने गुणस्तरको (फायरप्रुफ) नरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्