site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रिमियरमा ‘हर्ष’ले कस्तो पायो प्रतिक्रिया ?

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘हर्ष’ले प्रिमियर शोमा राम्रो प्रतिक्रिया पाएको छ । बुधबार भएको प्रिमियरमा चलचित्र हेर्ने राम्रो रहेको प्रतिक्रिया दिएका  हुन् । 

अभिनेत्री निरुता सिंहले एकता पौडेलको डेब्यु निर्देशनमा बनेको ‘हर्ष’ आफूलाई राम्रो लागेको बताइन् । ‘हर्ष’ सन्देशमुलक सिनेमा भएको उनको भनाइ छ । नेपाली समाजमा हुने गरेका घटनालाई समेटेर चलचित्र बनेको उनले बताइन् । 

संजोग कोइरालाले ‘हर्ष’ एउटा फरक अनुभव दिने पारिवारिक सिनेमा बनेको बताइन् । अभिनेत्री वर्षा राउतले पनि प्रिमियर शोमा सिनेमा राम्रो बनेको प्रतिक्रिया पाउँदा खुसी लागेको बताइन् ।

चलचित्रका मुख्य अभिनेता खगेन्द्र लामिछाने पनि प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुसी लागेको बताए । उनले दर्शकले चलचित्र मन पराउने विश्वास व्यक्त गरे । 

चलचित्र ‘हर्ष’मा खगेन्द्र र वर्षासहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, नीमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, बालकलाकार साइमन वादीलगायतको अभिनय छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्