site stats
बाह्रखरी :: Baahrakhari
कला
‘परालको आगो’ले लियो रिलिज डेट

काठमाडौं । चलचित्र ‘परालको आगो’ले प्रदर्शन मिति तय गरेको छ । निर्माता सुशील पौडेलका अनुसार यो चलचित्र वैशाख ११ गतेबाट प्रदर्शनमा आउनेछ । 

चलचित्रको छायांकन सकिएको अवसरमा मुख्य भूमिकामा रहेका कलाकारको लुक्स पनि सार्वजनिक गरिएको छ ।  

पौडेलले चलचित्रका चारवटा गीतसहित सम्पूर्ण छायांकन पूरा भएको बताएका छन् । 

चलचित्रमा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापालगायत कलाकारको अभिनय छ । 

गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको चलचित्रमा सुशील देवकोटाको लेखन छ । चलचित्रको  निर्देशन लक्ष्मण सुनारले गरेका छन् । 

गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ बनाइएको हो । यो कथामा ४५ वर्षअघि प्रताप सुब्बाले पनि चलचित्र बनाएका थिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्