काठमाडौं । नेपाल जेनजी फ्रन्टले प्रवासी नेपाली र स्वदेशमा गृहजिल्लाभन्दा बाहिर बसोबास गरिरहेका नागरिकको पनि मताधिकार सुनिश्चित गनुपर्ने बताएको छ ।
जेन–जी फ्रन्टले विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मताधिकार सुनिश्चितका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।
“संविधानले १८ वर्ष उमेर पूरा भएका प्रत्येक नेपाली नागरिकलाई प्रतिनिधिसभा निर्वाचनमा कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार सुनिश्चित गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “उमेर पूरा भएका नेपाली नागरिकलाई कुनै देशमा वा जिल्लामा बसोबास भएको वा नभएको आधारमा प्रतिनिधि सभाको निर्वाचनमा बालिग मताधिकार प्रदान गर्ने वा त्यसबाट वञ्चित गर्ने छुट संविधानले दिएको छैन ।”
हाल करिब ४० लाख नेपाली नागरिकहरू वैदेशिक रोजगार, अध्ययन र अन्य कामका सिलसिलामा विश्वका विभिन्न देशमा बसोबास गरिरहेको पनि जेन–जी फ्रन्टले स्मरण गराएको छ ।
ऐतिहासिक जेनजी विद्रोहको बलमा, नवयुवा पुस्ताको इच्छा, आकांक्षा र प्रतिनिधित्व सुनिश्चित गर्ने यस निर्वाचनमा सुशासन, समानता र संविधानवादको नारा प्रमुखताका साथ सुनिने जेनजी फ्रन्टको तर्क छ ।
“त्यसैले राज्यलाई यसपटकको निर्वाचनमा बसोबासका आधारमा नेपाली नागरिकलाई विभेद गर्ने छुट छैन,” विज्ञप्तिमा उल्लेख छ ।
-1764050200.jpg)
-1764050200.jpg)