site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलमा हमास आक्रमण रोक्न नसकेको भन्दै नौ शीर्ष सैन्य अधिकारी बर्खास्त

काठमाडौं । इजरायलमा नौजना शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको छ । इजरायल रक्षा बल (आईडीएफ)का चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल अयल जामिर यी अधिकारीहरूले हमासको आक्रमण रोक्न नसकेको निष्कर्षमा पुगेको बताए ।

सन् २०२३ को ७ अक्टोबरमा भएको उक्त आक्रमणमा १२ सयभन्दा बढी इजरायलीले ज्यान गुमाएका थिए ।

इजरायलमा हमास आक्रमणका सम्बन्धमा निष्पक्ष छानबिनको माग राख्दै आइतबार देशभर प्रदर्शन भएको बताइएको थियो । सो प्रदर्शनमा करिब पाँच लाख मानिस सहभागी भएका थिए । प्रदर्शनपछि सरकारमाथि यी अधिकारीहरूलाई बर्खास्त गर्न दबाब बढेको उल्लेख गरिएको छ ।

आईडीएफ चिफ जामिरले आइतबार ती अधिकारीहरूलाई बैठकका लागि बोलाई उनीहरूको बर्खास्तगीसम्बन्धी निर्णय सुनाइएको बताएका थिए । यस क्रममा धेरै अधिकारीलाई कडा चेतावनीसमेत दिइएको बताइएको छ । उनले विज्ञहरूको अनुसन्धान प्रतिवेदनका आधारमा सम्बन्धित कमान्डरहरूविरुद्ध थप निर्णयहरू पनि लिइने संकेत गरेका छन् । 

यद्यपि, बर्खास्त गरिएका धेरैजना अधिकारी पहिले नै सेनाबाट अवकाश लिइसकेका छन् । अलजजिरा

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्