राजनीति
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल–भारत सीमामा हुनसक्ने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
सोमबार रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको सीमा सुरक्षा गुल्मको निरीक्षण भ्रमणका क्रममा यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री अर्यालले सीमाबाट हुनसक्ने अवैध ओसारपोसार, अवान्छित गतिविधि नियन्त्रणका लागि जिल्ला सुरक्षा प्रमुखलाई निर्देशन दिए ।
नेपाली नागरिकलाई सीमामा हुन सक्ने हैरानीबारे सचेत रहँदै सहज वातावरण बनाउन समेत निर्देशन दिए ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२ २२:१२
प्रतिक्रिया दिनुहोस्