site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टीका मठाधीशहरूको धूपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लाग्यौँ : जनार्दन शर्मा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लागेको बताएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा सभामा शर्माले उक्त कुरा बताएका हुन् । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीचको एकता प्रक्रियाबाट बाहिरिएका शर्माले प्रगतिशील अभियान चलाएका थिए ।

उनले सामन्तवाद भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरू अब नयाँ प्रक्रियामा सक्रिय भएको बताए । "लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाईलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौँ," शर्माले भने ।

प्रगतिशील राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकता सोमबार भएको हो । न्युज एजेन्सी नेपाल

 

 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्