site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महेश बस्नेतको गाडीमा मसी छ्यापेका कुँवरले भने– विरोध गर्ने शैली हुन्छ

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि आइतबार (मंसिर ७) मोरङको विराटनगरमा आक्रमणको प्रयास गरिएको छ । स्थानीय अर्पित कुँवरले बस्नेतको गाडीमा मसी छ्यापेका हुन् ।

तर, कुँवरले आफूले कसैलाई निषेध नगरेको बताएका छन् । विरोध गर्ने विभिन्न शैली हुने उनको भनाइ छ ।

“विरोध गर्ने शैली हुन्छ, मैले कसैलाई निषेध गरेको हैन,” उनले भनेका छन्, “मैले उहाँहरूको शैली र प्रवृत्तिलाई कालो झन्डा देखाएको हुँ ।”

गएको भदौ २३ गते मच्चाएको हत्याकाण्डको विरोध गर्दै बस्नेत सवार गाडीमा आफूले रातो मसी छ्यापेको उनले बताएका छन् । मसी छ्यापेलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

कुँवरलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

आइतबारै सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलबाहिर उनीमाथि आक्रमणको प्रयास गरिएको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्