site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा फुयाल र मुसलमानको इजलासमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा आज (मंसिर ७) सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।

११ राजदूत फिर्ता प्रकरणमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो । तर, आदेशविपरीत परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई फिर्ता हुन पत्राचार गरेको थियो ।

त्यसपछि अधिवक्ता डा. प्रेमराज सिलवालले परराष्ट्र मन्त्रालय समेतको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् । उक्त मुद्दाको पहिलो पेसी संयुक्त इजलासमा चढेको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्