site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनसभाअघि काठमाडौंमा एमालेको र्‍याली सुरु (तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेले जनपरिचालन कार्यक्रमअन्तर्गत आज काठमाडौंमा जनसभा गर्दै छ । प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभाको विघटनको विरोधमा एमालेले कात्तिक २२ गतेदेखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ । 

वाग्मती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटीमण्डपमा हुनेछ । एमालेका नेता, कार्यकर्ता, जनसंगठन, सम्पर्क समन्वय कमिटीले र्‍याली निकालेका छन् । र्‍याली प्रदर्शनी मार्गमा जम्मा हुनेक्रन सुरु भएको छ । 

प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटीमण्डपमा आमसभामा परिणत हुनेछ । जनसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

cpn-ulm-sava-(7)-1763796160.jpg

cpn-ulm-sava-(8)-1763796160.jpg

cpn-ulm-sava-(3)-1763796127.jpg


cpn-ulm-sava-(1)-1763796101.jpg
 

 

 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्