site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले आज काठमाडौंमा जनसभा गर्दै, ओलीले सम्बोधन गर्ने
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेले जनपरिचालन कार्यक्रमअन्तर्गत आज काठमाडौंमा जनसभा आयोजना गरेको छ ।

प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभाको विघटनको विरोधमा एमालेले कात्तिक २२ गतेदेखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ । 

वाग्मती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटीमण्डपमा हुनेछ । एमालेका नेता, कार्यकर्ता, जनसंगठन, सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्‍याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ । 

प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने प्रचार विभाग प्रमुख राजेन्द्र  गौतमले बताए । जनसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेेछन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्