site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जेनजी पक्षधरलाई प्रधानमन्त्रीले भनिन्– चुनावमा भाग लिएर नेतृत्व लिनू

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेका छन् । सिंहदरबारमा भएको छलफलमा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने माग राखेका छन् ।

उनीहरूले दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, 'प्रतिक्रान्ति'लाई नियन्त्रण गर्नुपर्ने विषय राखेका छन् ।

जवाफमा प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने बताएकी छन् । उनले जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्क रहन आग्रह गरिन् ।

उनले कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गरिदिन आग्रह गरेकी थिइन् । प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि सुझाव दिएकी छन् ।

– न्युज एजेन्सी नेपालबाट ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  २०:२८
प्रतिक्रिया दिनुहोस्