site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लेखक सहित्यकारको कांग्रेसलाई सुझाव : आत्मानुशासनमा बस्ने आचारसंहिता लागु गर

काठमाडौं । लेखक साहित्यकारहरूले नेपाली कांग्रेसलाई ११ बुँदे ज्ञापन पत्र बुझाएका छन् । प्रजातन्त्रवादी सहित्यकार तथा लेखकहरूका तर्फबाट तयार पारेको ११ बुँदे ज्ञापनमा कांग्रेसले लिनुपर्ने नीति र नेताकार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिताको प्रस्ताव छ । 

“परिश्रमी, मितव्ययिता, आत्मानुशासन, इमान्दारिता त्याग, आत्मीयता, हार्दिकता र शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्ने,” सुझावमा भनिएको छ, “इमानको राष्ट्रिय सञ्चय गर्ने पार्टीको रूपमा कांग्रेसलाई विकास गर्नुपर्ने ।” 

संविधानसभाबाट २०७२ सालमा जारी भएको नेपालको संविधान परिमार्जनसहित लागु गरेर यसको आयु बढाउन सुझाव दिएका उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गरेर लैजान सुझाव दिएका छन् । 

उनीहरूले अध्ययन र अनुसन्धानलाई अनिवार्य सर्तका रूपमा अघि बढाउँदै बौद्धिक क्षेत्रलाई राजनीतिक प्रभावबाट बाहिर राख्न सुझाव दिएका छन् । “अध्ययन, अनुसन्धान, नवप्रवर्तन र वैज्ञानिक खोजमा ध्यान दिएर अगाडि बढ्नुपर्ने । देशमा पर्याप्त संख्यामा बौद्धिक, अनुसन्धानकर्ता, वैज्ञानिक तथा कृषि वैज्ञानिकहरु निर्माण गर्नुपर्ने,” सुझावमा भनिएको छ, “प्राज्ञिक, बौद्धिक, न्यायिक र प्रशासनिक क्षेत्र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने ।” 

यस्तो छ सुझाव

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्