विदेश
काठमाडौं । भारतको बिहार राज्यको मुख्यमन्त्री पदमा जनता दल युनाइटेड (जेडीयू)का नेता नीतीश कुमारले आज दशौँ पटक शपथग्रहण लिने भएका छन् ।
बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) विधायक दलको बैठकमा नेता निर्वाचित भएपछि नीतीश कुमारले हिजो साँझ राज्यपाल आरिफ मोहम्मद खानसँग भेट गरेका थिए ।
एनडीएका अन्य नेताहरूसँगै नीतीश कुमारले बिहारमा सरकार बनाउने दाबी पेस गरेका थिए ।
बिहारमा नयाँ एनडीए सरकारको शपथग्रहण समारोह पटनाको गान्धी मैदानमा हुने बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस कार्यक्रममा सहभागिता जनाउनेछन् ।
यसैबीच, भारतका गृहमन्त्री अमित शाह बुधबार साँझ नै बिहारको राजधानी पटना पुगिसकेका छन् । बीबीसी
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२ ०८:४१
प्रतिक्रिया दिनुहोस्