site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न– घुम्न पनि नपाए कसरी चुनावमा जान्छन् दल ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा घटनाका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले घटनालाई दुःखद् भन्दै त्यो जेनजी भावनाबाट नभएको दाबी गरेका छन् । 

प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जाल एक्समा मेन्सन गर्दै चुनावको वातावरण नबनाए चुनाव हुन नसक्ने भन्दै ध्यानाकर्षण गरेका हुन् । 

“एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?,” प्रधानमन्त्री कार्कीलाई ध्यानाकर्षण गर्दै शर्माले भनेका छन्, “सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकारविरुद्ध उभिन सक्दैनन् । अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो ।” 

उनले निषेधको राजनीति कसैले पनि नगर्न आग्रह गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्